birat ribon

स्वास्थ्य रहनका लागि हरेक दिन १५ मिनेट ताली बजाऔं

Neuro
स्वास्थ्य रहनका लागि हरेक दिन १५ मिनेट ताली बजाऔं

विराटनगर, ४ फागुन । ताली बजाउनु शरीरका लागि फाइदाजनक हुने पाइएको छ ।

Padelux insider
cura insider

हिन्दू धर्ममा पूजा आरतीको समयमा ताली बजाउनुको विशेष धार्मिक महत्व रहेको पाइन्छ ।

धार्मिक महत्वका साथै ताली बजाउनाले स्वास्थ्यमा फाइदा पुग्ने वैज्ञानिक कारण पनि जोडिएको छ ।

विज्ञानका अनुसार शरीरको महत्वपूर्ण २९ एक्यूप्रेशर पोइन्ट्स मानिसको हातमा हुन्छ ।

प्रेसर पोइन्ट दबाउनाले सम्बन्धित अंगसम्म रगत र अक्सिजनको सञ्चार राम्रोसँग हुने गर्छ ।

एक्यूप्रेशरका अनुसार दवाव बिन्दुमा सही तरिकाले दवाव पु¥याउनका लागि सबैभन्दा सजिलो उपाय ताली बजाउनुलाई मानिन्छ ।

ताली बजाउँदा हातका सबै बिन्दुमा दवाव पर्छ जसले शरीरमा ऊर्जा प्रवाह गर्नुका साथै शरीरमा ताजापन महसुस गराउँछ ।

मुटु, दम, फोक्सो र ग्यास्ट्रिकको समस्या, टाउको दुख्ने तथा बेचैन हुनेजस्ता समस्या भएका व्यक्तिहरूले समस्याबाट राहत पाउनका लागि ताली बजाउन आवश्यक छ ।

पाचनमा समस्या भएकाका लागि ताली अचुक औषधि मानिन्छ ।

यसका लागि नियमित १५ देखि २० मिनेट ताली बजाउनु पर्छ ।

ढाड, घाँटी र जोर्नी दुख्नेहरूले प्रत्येक औँलामा जोड पर्ने गरी ताली बजाएमा दुखाइ कम हुन्छ ।

दैनिक करिब आधा घन्टा नियमित ताली बजाउँदा मधुमेह, उच्च रक्तचाप, रुघाखोकी, कपाल झर्ने समस्याबाट पनि बच्न सकिन्छ ।

रक्तचाप कम भएका व्यक्तिले दैनिक ताली बजाउँदा रक्तसञ्चारमा सुधार आउँछ ।

ताली बजाउँदा बच्चाको दिमागमा सकारात्मक असर पर्नुका साथै बुढाबुढीमा हाडजोर्नी दुख्ने समस्याका लागि प्रभावकारी हुन्छ ।

उभिएर खुला हावामा दैनिक १५ मिनेटजति तालीको अभ्यास गर्दा शरीरका अंगहरू सक्रिय भएर स्वास्थ्यमा फाइदा हुने गर्छ ।

jackson ribon