बच्चाहरूको लागि पौष्टिक र स्वादिष्ट ओट्सको पकौडा बनाउने सजिलो तरिका

विराटनगर, ४ फागुन । बच्चाहरूलाई सधैँझैँ धेरै भोक लाग्छ । उनीहरू केही नयाँ र मीठो खान रुचाउँछन् ।

उनीहरूलाई जंक फुड खुवाउनुको साटो घरमै सजिलो तरिकाले पौष्टिक कुरालाई स्वादिष्ट तरिकाले बनाएर खुवाउन सकिन्छ ।

बच्चाहरूलाई तातो–तातो पकौडाको अवश्य पनि मन पर्नेगर्छ ।

आलु, प्याज बन्दाकोबीको पकौडा त कैयौँपटक खाइसकेको होला तर, यसपटक बच्चाहरूको लागि स्वादिष्ट र पौष्टिक रूपले पकौडा बनाउने विधि बताउँदैछौं ।

ओट्स सजिलै पाइन्छ ।

ओट्सको पकौडा खाँदा मुखको स्वाद फेरिनुका साथै घरमा बनाएको पकौडाले स्वास्थ्यको लागि हानि गर्दैन ।

ओट्सको पकौडा पकाउन निकै सजिलो हुनुका साथै यसको स्वाद पनि निकै मीठो हुन्छ ।

ओट्सको पकौडा बनाउन चाहिने सामाग्रीः भिजाएको ओट्स, सानो काटिएको प्याज, हरियो धनियाँ, हरियो खुर्सानी (इच्छाअनुसार), अदुवा लसुनको पेस्ट, नुन, गरम मसलाको धुलो, बेसार, डिप फ्राइ गर्नको लागि तेल

ओट्सको पकौडा बनाउने विधिः भिजाएको ओट्सबाट पानी निकालेर त्यसमा प्याज, लसुन अधुवा को पेस्ट, हरियो खुर्सानी, धनिया, नुन, मसला, राखेर मज्जाले मिलाएर मुछ्नुपर्छ ।

त्यसपछि एउटा कराइमा तेल तताएपछि हातले अलिअलि वा चम्चाले उक्त पकौडाको मिक्सलाई गोलो, चारपाते, रोल, डुनटको वा आफ्नो मन लागे जस्तो आकार दिएर तेलमा विस्तारै तार्नुपर्छ (तेलमा नातारेर अलिकति तेल राखेर गिलो रोटी जसरी पनि बनाउन सकिन्छ ) ।

हतार गरेर राखेमा तेल जिउमा लगेर पोल्न सक्छ ।

पकौडालाई डीप ब्राउन नहुन्जेलसम्म पल्टाएर पकाउने र दुबैतिरबाट राम्रोसंग पाकिसकेपछि एउटा पेपरमा राखेर अनावश्यक तेल सोछन दिनुपर्छ ।

तातो तातो ओट्सको पकौडालाई केचअपसँग बच्चालाई दिन सकिन्छ ।

बच्चालाई मात्र नभएर ठूला व्यक्तिहरू तथा वृद्धवृद्धाहरूले समेत यसको सेवन गर्न सकिन्छ ।

Loading...