birat ribon

कोरोना भाइरसको डरले किम जोङले चीनबाट फर्केका अधिकारीलाई गोली हाने

Neuro
कोरोना भाइरसको डरले किम जोङले चीनबाट फर्केका अधिकारीलाई गोली हाने

एजेन्सी, ४ फागुन । उत्तर कोरियाली शासक किम जोङ उनको तानाशाही शासनबारे विश्वलाई थाहा नै छ । यहाँ, सानो गल्तीमा पनि मृत्युदण्डको सजाय दिइन्छ ।

Padelux insider
cura insider

विश्वभर कोरोना भाइरसको उपचार खोज्ने प्रयास भइरहेको बेला उत्तर कोरियामा भने भाइरसका संक्रमितहरू सरकारको निशानामा पर्न थालेका छन् ।

रिपोर्टका अनुसार उत्तर कोरियाली एक अधिकारीलाई कोरोना भाइरस संक्रमणको शंकामा छुट्टै आईसोलेशन केन्द्रमा राखिएको थियो ।

तर ती अधिकारीले भूलवश सार्वजनिक बाथरूम प्रयोग गरे, जसले गर्दा उनले ज्यान नै गुमाउनु पर्‍यो ।

दक्षिण कोरियाली अखबार डोङ्ग–ए इल्बोका अनुसार चीनबाट फर्केपछि उक्त अधिकारीलाई छुट्टै ठाउँमा राखिएको थियो ।

अधिकारीलाई सार्वजनिक बाथरुमको प्रयोग गर्दै कोरोना संक्रमण फैलाएको र राष्ट्रको नियम उल्लंघन गरेको अभियोग लगाइएको थियो ।

त्यसलगत्तै उनलाई गोली हानी मारिएको थियो ।

उत्तर कोरियाली नेता किम जोङ उनले संक्रमित व्यक्तिहरूको लागि छुट्टै ठाउँ निर्माण गरिएको र विनाअनुमति क्वारेन्टाइन छाड्ने जो कोहीलाई सैन्य कारवाही गर्ने वाचा गरेका छन् ।

युके मिररको रिपोर्टका अनुसार उत्तर कोरियाको राष्ट्रिय सुरक्षा एजेन्सीका अर्का अधिकारीलाई पनि चीन भ्रमण गएको विषय लुकाएको अभियोगमा देशबाट निकालिएको थियो ।

उत्तर कोरियामा कोरोना संक्रिमतहरू धेरै रहेको र यसबाट धेरै जनाको मृत्यु हुने शंका दक्षिण कोरियाली मिडियाहरूले बताइरहेको छ बेला विश्व स्वास्थ्य संगठनका अधिकारीहरूले प्योङयाङमा अहिलेसम्म कोरोना संक्रमित फेला नपरेको रिपोर्ट पेश गरेका छन् ।

उत्तर कोरियाले आफ्नो देशमा एक जना पनि कोरोना संक्रमित नभएको बताइरहँदा विश्लेषकहरू भने यो कुरामा सत्यता नरहेको तर्क प्रस्तुत गर्छन् ।

विश्वभर संक्रमण फैलिइरहेको बेला चीनबाट मात्र ८ सय ८० माईलको दूरीमा रहेको देशमा कोरोना भाइरसको एउटै घटना पनि नहुनु असम्भव रहेको विश्लेकषहरू बताउँछन् ।

कोरियाली अध्ययनका निर्देशक ह्यारी कागिनिसले सेन्टर फर द नेश्नल इन्ट्रेस्टको एक अन्तर्वार्तामा उत्तर कोरिया कोरोना भाइरस संक्रमणबाट पूर्ण रूपमा मुक्त रहेको कुरालाई असम्भव बताउँछन् ।

कागिनिस भन्छन्, ‘उत्तर कोरियाले स्पष्ट रूपमा झूट बोलेको हो किनकी उनीहरू आफ्नो कमजोरी व्यक्त गर्न चाहँदैनन् र आफ्नो शक्तिलाई कुनै पनि किसिमको खतराको अनुमति दिँदैनन् । उत्तर कोरिया जसरी चीनसँगको अवैध व्यापारमा निर्भर छ त्यसलाई मात्र विश्लेषण गर्ने हो भने पनि कोरोना भाइरस त्यहाँ पनि भित्रिसकेको कुरा स्पष्ट हुन्छ ।’

प्योङयाङस्थित मिडियाका अनुसार उत्तर कोरियामा कोही पनि कोरोना संक्रमित नभएको र कसैमा कोरोनाको लक्षण देखिएमा ३० दिनसम्म अनिवार्य आइसोलेशन केन्द्रमा बस्नैपर्ने नियम बनाइएको छ ।

रऽ यी नियमहरू उत्तर कोरीयाका सबै सरकारी तथा विदेशी संस्थाहरूमा अनिवार्य लागू हुनेछ ।

रोयटर्स एजेन्सीसँग कुरा गर्दै उत्तर कोरियाली स्वास्थ्य मन्त्रालयका अधिकारीले भने, ‘हाम्रो देशमा कोरोना भाइरसको कुनै संक्रमण छैन, यसको मतलब आनन्दको सास लिन सक्ने स्थिति भने हैन । यतिबेला देशमा जनचेतना फैलाउन र यस संक्रमणलाई रोक्नको लागि धेरै कदमहरू चाल्नु आवश्यक छ ।’

कोरोना भाइरसविरुद्ध उत्तर कोरिया तयार रहेको बताइरहँदा हार्वड मेडिकल स्कूलका प्राध्यापक की पार्क भने उत्तर कोरियामा स्वास्थ्य सुविधाहरू खराब अवस्थामा रहेको बताउँछन् ।

पार्क भन्छन्, ‘यदि उत्तर कोरियामा कोरोना भाइरस संक्रमण फैलियो भने यसलाई सम्हाल्न धेरै गाह्रो हुनेछ ।’

आणविक हतियार प्रक्षेपणका कारण प्रतिबन्धित उत्तर कोरियामाथि लगाइएका केही प्रतिबन्धहरू तुरुन्त हटाउन रेड क्रसले माग गरेको छ ।

कोरोना संक्रमण फैलिन नदिन आवश्यक पर्ने मेडिकल उपकरण र औषधिहरू उत्तर कोरियामा आयात गर्नलाई प्रतिबन्धहरू फुकुवा गर्दै काम गर्ने वातावरण सहज बनाइदिन अन्तर्राष्ट्रिय मिडियामार्फत रेडक्रसले आह्वान गरेको छ ।

jackson ribon