birat ribon

सिरी ‘ए’ : युभेन्टसलाई शीर्ष स्थानमा उक्लने अवसर, रोनाल्डोले नखेल्ने

Neuro
सिरी ‘ए’ : युभेन्टसलाई शीर्ष स्थानमा उक्लने अवसर, रोनाल्डोले नखेल्ने

एजेन्सी, ४ फागुन । इटालियन सिरी ‘ए’मा साविकको विजेता युभेन्टसले आज आफ्नो २४औं खेल खेल्दैछ ।

Padelux insider
cura insider
aa

नेपाली समयानुसार साँझ ७ः४५ बजेबाट सुरु हुने खेलमा युभेन्टसले ब्रेसियासँग खेल्न लागेको हो ।

युभेन्टसको घरेलु मैदानमा हुने यस खेलमा घरेलु टोली शीर्ष स्थानमा उक्लने दाउमा छ ।

ऊ हाल ५४ अंकका साथ दोस्रो स्थानमा छ । समान अंक भएको इन्टर मिलान शीर्ष स्थानमा छ । इन्टर गोलान्तरको आधारमा शीर्ष स्थानमा छ ।

आजको खेलमा उसले जित निकाल्न सकेमा ऊ ५७ अंक बनाउँदै शीर्ष स्थानमा उक्लनेछ ।

यद्यपि, आजै हुने अर्को खेलमा लाजियोसँग खेल्दैछ । यो खेल इन्टरको मैदानमा हुनेछ ।

यता, युभेन्टसको आजको प्रतिद्वन्द्वी क्लब बेसिया भने रेलिगेशनको टोली हो । उसँग १६ अंक छ ।

आजको खेलमा युभेन्टसका लागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो हुनेछैनन् ।

उनलाई प्रशिक्षक मौरिजियो सार्रीले आराम दिएका छन् ।

उनीबाहेक पाउलो डेबाला, गोन्जालो हिगुइन, आरोन राम्से, एलेक्स सान्ड्रो, माथिस डी लिग्टलगायत खेलाडीलाई सार्रीले टोलीमा राखेका छन् ।

jackson ribon