विराटनगर, ४ फागुन । बिहान उठ्नेबित्तिकै मानिसहरू आफ्नो दिनको सुरुआत तातो चियाबाटै गर्न रुचाउँछन् ।
चिया पिउनका लागि समय नचाहिने हुँदा अधिकांश मानिसहरू बिहान, दिउँसो तथा साँझमा समेत चिया पिउने गर्छन् ।
तर, गलत समयमा चिया पिउने बानीले शरीरमा विभिन्न प्रकारका स्वास्थ्यसम्बन्धी समस्याहरू निम्त्याउँन सक्छन् ।
उठ्नेबित्तिकै खालि पेटमा भर्खरै उमालिएको तातो चिया पिउनु हुँदैन ।
एक नयाँ रिपोर्टका अनुसार खाली पेटमा तात्तातो चिया पिउनेहरूमा क्यान्सरको जोखिम दुई गुणाले वृद्धि हुने पाइएको छ ।
एक–दुई दिन खाली पेटमा तातो चिया पिउँदा भने त्यति ठूलो असर देखा नपरे पनि लगातार खाली पेटमा तातो चियाको सेवनले भोक हराएर शरीरमा थकान महसुस गराउँछ ।
भोक कम लाग्दा शरीरले चाहिए जति पोषण नपाउने हुँदा पेटको जलन, उल्टी हुने, ग्यास्ट्रिक, अमिलो पानी आउने जस्ता समस्याहरू निम्तिन्छ ।
बिहानको खाली पेटमा तातो चिया पिउँदा पाचन प्रणालीमा असर पुर्याउने, अल्सरको समस्या, मानिसमा फुड पाइप या घाँटीको क्यान्सरको सम्भावना पनि बढ्दै जान्छ ।
त्यस्तै, खानापछि चियाको सेवनले पाचन प्रक्रियालाई ढिलो बनाउने काम गर्छ ।
सुत्नअघि पनि चियाको सेवन गर्नु उचित हुँदैन ।
चियामा अलिकति भए पनि क्याफिन हुन्छ, जसले अनिन्द्रा जस्ता रोगको कारण बन्न गइ विभिन्न स्वस्त्य समस्याहरू निम्त्याउने गर्छ ।
क्याफिनको मात्राले शरीरमा कोर्टिसोल नाम तत्व बढाएर मुटुसँग सम्बन्धित समस्या, मधुमेह तथा तौल बढाउने समस्या उत्पन्न गराउँछ ।