विराटनगर, ४ फागुन । ‘कबड्डी’ बाट मैयाँको नामले नेपाली सिने क्षेत्रमा डेब्यू गरेकी अभिनेत्री रिश्मा गुरुङ विवाह बन्धनमा बाँधिएकी छिन् ।
शुक्रबार उनले पोखरामा आफ्ना प्रेमी सन्दीप गुरुङसँग लगनगाँठो कसेकी हुन् ।

विवाह समारोहमा उनको र सन्दीपको दुवैतर्फका परिवारको उपस्थितिमा विवाह भएको हो ।
रेश्माले चलचित्रकर्मी तथा अन्य साथीहरूलाई पनि विवाहमा बोलाएकी थिइनन् ।
पछिल्लो पटक रिश्माले रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ३’मा अभिनय नगरेपनि अन्त्यमा उनको सानो भूमिका रहेको थियो ।
तर, त्यसअघिका दुई श्रृखंलामा उनी मूख्य भूमिकामा थिइन् ।
‘कबड्डी’मा काम गरेपछि उनी नेपाली दर्शकमाझ ’मैंया’बाट चर्चित बन्न पुगेकी हुन् ।
उनले ‘कबड्डी’ सिरिजका अलावा उनले ’झुम्की’ सिनेमामा समेत काम गरेकी छन् ।
विवाहपछि उनले ’कबड्डी’ को चौथो सिरिजबाट काम गरेपश्चात सिनेमाबाट संन्यास लिने बताइएको छ ।
केही समयअघि उनले एक अन्तर्वार्तामा फिल्म क्षेत्र सोचेजस्तो नभएको र एउटा उचाइमा पुगेपछि कलाको दुरुपयोग हुने बताउँदै कम्पर्माइज गरेर अगाडि बढ्नुभन्दा यस्तो काम नै नगर्नु ठीक लागेको बताएकी थिइन् ।