आलुभन्दा धेरै आलुको बोक्रामा तागत

विराटनगर, ४ फागुन । दैनिक खाने तरकारीमा सबैभन्दा बढी आलुको प्रयोग गरिन्छ ।

तर, हरेक पटक आलु पकाउँदा जहिले पनि आलुको बोक्रा ताछेर पकाउने गरिन्छ ।

आलुको बाहिर धेरै फोहोर लाग्ने भएका कारणले होस् वा यसको फाइदाहरू थाहा नपाएर होस् आलुको बोक्रालाई ताछेर फ्याकिने गरिन्छ ।

तर, आलुमा भन्दा पनि आलुको बोक्रामा बढी तागत हुने गरेको पाइएको छ ।

आलुको तुलनामा आलुको बोक्रामा धेरै पौष्टिक तत्व पाइन्छ ।

आलुको बोक्रा मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुने गर्छ ।

आलुको बोक्रामा प्रशस्त मात्रामा फाइबर पाइन्छ ।

प्रशस्त फाइबरले पाचन प्रक्रियामा मद्दत पुर्‍याएर कब्जियत हुन दिँदैन ।

साथै, शरीरको अनावश्यक तौललाई पनि घटाउन मद्दत गर्छ ।

आलुको बोक्राको सेवनले शरीरमा खराव कोलेस्टेरोलको मात्रा घटाएर मुटु रोग तथा कोलोन क्यान्सर हुन दिँदैन ।

आलुको बोक्रामा फाइटोकेमिकल्सको मात्रा धेरै भएको कारणले यसले हामीलाई क्यान्सर रोगको जोखिमबाट बचाउँछ ।

आलुको बोक्रामा प्रशस्त मात्रामा पाइने आइरनले आइरनको कमीले हुने एनिमियाबाट जोगाउँछ ।

आलुको बोक्रामा हुने पोटासियमले रक्तनलीको भित्तालाई आराम दिएर उक्त रक्तचाप घटाउँदछ ।

त्यसैले, हामीले आलुलाई ताछेर खानु हुँदैन ।

आलुको बोक्रामा एन्टी अक्सिडेन्ट तत्व पाइने भएकोले आलुको बोक्रालाई अनुहारमा लगाएमा जलन भएको पीडा कम गर्ने गर्छ ।

यस्तै अनुहारमा भएको दागहरू हटाउने, डार्क सर्कल हटाउनेदेखि लिएर छालामा चमक ल्याउनका लागि निकै उपयोगी मानिन्छ ।

Loading...