birat ribon

बार्सिलोनाको एकाउन्ट ‘ह्याक’, ‘नेयमार बार्सिलोना फर्किँदै’ भनेर ट्वीट

Neuro
बार्सिलोनाको एकाउन्ट ‘ह्याक’, ‘नेयमार बार्सिलोना फर्किँदै’ भनेर ट्वीट

एजेन्सी, ४ फागुन । स्पेनिस क्लब बार्सिलोनाको ट्वीटर एकाउन्ट ह्याक भएको छ ।

Padelux insider
cura insider

आइतबार बिहान बार्सिलोनाको ट्वीटर ह्याक भएर एक घोषणासहितको ट्वीट भएको थियो ।

उक्त ट्वीटमा दाबीका साथमा पूर्वस्टार नेयमार क्याप नोउ फर्किने जनाइएको थियो ।

गेटाफेविरुद्धको खेल सकिएसँगै बार्सिलोनाको ट्वीटरमा ‘नेयमार बार्सिलोना फर्किने’ भन्दै ट्वीट भएको थियो ।

‘हामीले केही गोप्य सन्देशहरू पढ्यौं र नेयमार बार्सिलोना फर्किन सक्ने यहाँ देखियो’, ट्वीटमा लेखिएको थियो ।

यस्तै दोस्रो पटक ह्याक गरी अर्को ट्वीट पनि गरिएको थियो । जसमा बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउको राजीनामा मागिएको थियो ।

यस्तै ट्वीटमा सुरक्षा क्षमता राम्रो नभएको भनी ट्वीट गरिएको थियो ।

बार्सिलोनाले ह्याक गरेको एकाउन्ट फिर्ता लिँदै ट्वीटर ह्याक भएको स्पष्ट पारेको छ ।

jackson ribon