‘म यस्तो गीत गाउँछु २’ पोस्टर सार्वजनिक

विराटनगर, ४ फागुन । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’को अफिसियल पोस्टरहरू सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको फिल्मको पोस्टरमा पल र पूजालाई रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

केही दिन अगाडिमात्र सार्वजनिक भएको फिल्मको ट्रेलरले दर्शकको मन जित्न सफल भएको छ ।

पल फिल्ममा एक चर्चित गायकको भूमिकामा प्रस्तुत छन् भने अभिनेत्री पूजा पलको गायनको फ्यान छाँया हुन्छिन् ।

फिल्ममा पल र पूजाका साथ हरिहर शर्मा, दिनेश डिसी, राजाराजेन्द्र पोखरेल, सोनिका रोकालगायतका कलाकारहरूको अभिनय छ ।

शिवम अधिकारी र दिनेश न्यौपानेको कथामा तयार भएको फिल्मलाई बनिष शाह र मिलन श्रेष्ठको सम्पादन गरेका हुन् ।

फिल्मलाई सौरभ लामाले छायांकन गरेका हुन् ।

सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म ‘म यस्तो गीत गाउँछु २’लाई यस पटक सांगीतिक कथावस्तुमा निर्माण गरिएको छ ।

प्रेम कथामा आधारित भएर निर्माण फिल्ममा सुदर्शन र पूजा शर्मा निर्माता हुन् भने जन्मजय साम्पाङ राइ फिल्मको सह–निर्माता हुन् । फिल्म अब ३० फाल्गुनबाट प्रदर्शन हुने भएको छ ।

फिल्मलाई बलिउड फिल्म आशिकी २ को कपी गरेको भन्ने आरोप लागेको छ ।

तर, फिल्मका निर्देशक तथा निर्माताहरूले फिल्म नहेरी यस्तो प्रकारको आरोप नलगाउन र फिल्म कपी नरहेको बताउँदै आएका छन् ।

Loading...