‘ए मेरो हजुर ४’ दशैंमा रिलिज हुने पक्का

विराटनगर, ४ फागुन । फिल्म ‘ए मेरो हजुर’को चौथो सिरिज २०७७ को दशैंमा प्रदर्शन हुने पक्का भएको छ ।

छायांकन सुरु नभए पनि फिल्मकी निर्देशिका झरना थापाले एक भिडियो सेयर गर्दै फिल्मको प्रदर्शन मिति तय गरिएको जानकारी दिएकी छन् ।

kala

फिल्म अर्को वर्षको ७ कार्तिकमा प्रदर्शनमा आउने भएको छ ।

उक्त मितिमा प्रदिप भट्टराइको निर्देशन तथा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहने फिल्म, र ‘छक्का पञ्जा ४’को प्रदर्शन मिति पनि तय गरिएको छ ।

अर्को वर्षको दशैंमा ठूला ब्यानरका फिल्महरूबीच महाभिडन्त हुने देखिएको छ ।

फिल्मको छायांकन भने १३ फाल्गुनदेखि सुरु हुने निर्माण टिमले जनाएको छ ।

लभस्टोरी कथामा आधारित रहेको फिल्ममा पहिलेका कलाकारहरू नै दोहोरिने भएका छन् ।

फिल्ममा अभिनेता अनमोल केसी, अभिनेत्री सुहाना थापा र अभिनेता सलोन बस्नेतको मुख्य भूमिका रहने भएको छ ।

फिल्मलाई सुनिलकुमार थापाले निर्माण गर्ने भएका छन् । फिल्म नेपाल, ओमान र होल्याण्डमा छायाँकन हुने भएको छ ।

Loading...