birat ribon

लिभरपुल दोस्रो लामो अपराजित रहने टोली

Neuro
लिभरपुल दोस्रो लामो अपराजित रहने टोली

एजेन्सी, ४ फागुन । इंग्लिस क्लब लिभरपुल प्रिमियर लिगको दोस्रो लामो अपराजित रहने क्लब बनेको छ ।

Padelux insider
cura insider

युरोपियन च्याम्पियन क्लब लिभरपुल प्रिमियर लिगमा ४३ खेलमा अपराजित रहेको छ ।

शनिबार राति भएको खेलमा नर्वित सिटीमाथि कठिन जित निकालेको लिभरपुलले प्रिमियर लिगमा पछिल्ला ४३ खेलमा हार ब्यहोरेको छैन ।

४३ खेलमा अपराजित रहेको ऊ प्रिमियर लिगको इतिहासमा लामो समयसम्म अपराजित रहने टोलीको सूचीमा दोस्रो स्थान बनाएको छ ।

प्रिमियर लिगमा आर्सनल सबैभन्दा लामो समयसम्म अपराजित रहने क्लब हो ।

उसले २००३–२००४ मा ४९ वटा खेलमा अपराजित रहँदै कीर्तिमान बनाएको थियो ।

अब, लिभरपुले आर्सनलको रेकर्डबाट ६ खेलले मात्र पछि परेको छ ।

हाल लिभरपुल ७६ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २५ अंकले पछि रहेकोले लिभरपुलले यो सिजनको उपाधि जित्ने पक्का छ ।

jackson ribon