विराटनगर, ४ फागुन । फ्रेन्च लिग वानमा साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।
शनिबार राति भएको खेलमा पीएसजी एनिमेस एससीसँग ४–४ गोलको बराबरीमा रोकिएको हो ।

एनिमेसको मैदानमा भएको खेलमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो ।
पाँचौं मिनेटमा सेर्हौ गुइरेस्सीले गोल गर्दै अग्रता दिलाएका थिए भने गाइल काकुटाले २९औं मिनेटमा गोल गर्दै एनिमेसको अग्रता दोब्बर बनाएका थिए ।
यस्तै खेलको ४०औं मिनेटमा फौस्सेनी डाइबाटेले गोल गर्दै एनिमेसको अग्रता तेब्बर बनाए ।
यसैगरी खेलको ४५औं मिनेटमा एन्डर हेरेर्राले गोल गर्दै खेल ३–१ को अवस्थामा ल्याए ।
खेलको ६०औं मिनेट र ६५औं मिनेटमा टेंगुइ कौआस्सीले गोल गर्दै खेल बराबरीमा ल्याए ।
यस्तै खेलको ७४आचैं मिनेटमा माउरो इकार्डीले गोल गरेपछि पीएसजीले अग्रता बनाएको थियो ।
तर, खेलको इन्जुरी समयमा गुइरेस्सेले गोल गरेपछि खेल ४–४ गोलको बराबरीमा सकियो ।
यस बराबरीसँगै पीएसजीले २५ खेलबाट ६२ अंक जोडेको छ । ऊ हाल शीर्ष स्थानमा छ । २१ अंक भएको एनिमेस रेलिगेशन जोनमा छ ।