birat ribon

कोरोनाबाट १ हजार ६ सय ६९ जनाको मृत्यु

Neuro
कोरोनाबाट १ हजार ६ सय ६९ जनाको मृत्यु

काठमाडौं, ४ फागुन । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ ।

Padelux insider
cura insider

चीनबाहिर युरोपमा फा्रन्समा समेत एक जना चिनियाँ पर्यटकको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

चीनमा १ हजार ६ सय ६५ जनाको मृत्यु भएको छ । चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक–एक जनाको मृत्यु भएको छ ।

त्यस्तै कोरोनाबाट ६९ हजार जना संक्रमित भएका छन् । ९ हजार जना बढी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

भाइरसको केन्द्रबिन्दु हुबेई प्रान्तको वुहान शहरमा सबैभन्दा धेरै एक १ हजार १ सय २३ जनाको मृत्यु भएको छ ।

हुबेईमा मात्र ५४ हजारभन्दा धेरै मानिसमा कोरोनाको सङ्क्रमण पाइएको छ ।

jackson ribon