शाकाहारी कमजोर हुन्छन ?

विराटनगर, ४ फागुन । शाकाहारी भोजन गर्नेहरु कमजोर हुन्छन भन्ने आम धारणा छ ।

यस्तो धारणा तपाइँको पनि छ भने अहिलेबाटै हटाए हुन्छ ।

मानिसमा इनर्जीको कमी भएमा कमजोर हुन्छ । तर इजर्नी कम हुनलाई आइरन र भिटामिन बी १२ को कमीले हुने गर्छ ।

यी दुई तत्व मांशाहारी आहारमा भन्दा शाकाहारी आहारमा पाइन्छ । यस्तै शाकाहारी खानामा प्रोटिनको कमी हुन्छ भन्ने धारणा पनि रहेको पाइन्छ ।

गेडागुडी, दुधजन्य पदार्थ, दाल र फलफूलमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ ।

आइरनको पुर्ती सजिलैसँग पालक लगायतका सागबाट पाउन सकिन्छ ।

यस्तै शाकाहारी खानामा अधिक फाइबर हुने हुँदा रगतमा सुगरको मात्रा स्थिर बनाउने गर्छ ।

फाइबरले छिटो भोक लाग्न नदिने हुँदा सुगरको समस्यामा नियन्त्रण गर्न पनि सहयोग पुग्छ ।

Loading...