विराटनगर, ४ फागुन । लिभरपुलले इंग्लिस प्रिमियर लिगको गएरातिको खेलमा नर्विच सिटीलाई १- ० गोल अन्तरले पराजित गरेको छ ।
अपराजित रहेको लिभरपुलले गएरातिको खेलपछि २६ खेलबाट ७६ अंक जोडेको छ ।
योसँगै दोश्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा २५ अंकले अगाडी रहेको छ ।
एक खेल कम खेलेको म्यानचेस्टर सिटीको अंक ५१ छ । लिभरपुललाई उपाधि जित्न बाँकी रहेका १२ खेलमा ५ खेल जिते पुग्छ ।
लिभरपुलको जितमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका साडियो मानेले दोस्रो हाफमा गोल गरे ।
नर्विच २६ खेलबाट १८ अंक जोड्दा रेलिगेसन जोनको अन्तिममा रहेको छ ।