विराटनगर, (एजेन्सी), ४ फागुन । ला लिगाको खेलमा बार्सिलोनाले गेटाफेविरुद्ध जित निकालेको छ ।
साविक विजेता बार्सिलोनाले शनिबार राति भएको खेलमा गेटाफेलाई २ १ गोल अन्तरले पराजित गर्याे ।
घरेलु मैदानमा बार्सिलोनाका लागि एन्टोनियो ग्रिजम्यान र सेर्गी रोबर्टोले एक एक गोल गरे । गेटाफेका एन्जल रोड्रिगेजले एक गोल गरे ।
जितपछि बार्सिलोनाले शीर्ष स्थानकामा रहेको रियल मड्रिडसँगको अंक बराबर गरेको छ ।
बार्सिलोनाले २४ खेल र रियलले २३ खेलमा ५२ अंक जोडेका छन् ।
गेटाफे ४२ अंक जोड्दै तेश्रो स्थानमा रहेको छ ।