birat ribon

पत्रपत्रिकामा देश : चीनबाट नेपालीको उद्दार,६ जना विमानस्थलमा रोकिए

Neuro
पत्रपत्रिकामा देश : चीनबाट नेपालीको उद्दार,६ जना विमानस्थलमा रोकिए

विराटनगर, ४ फागुन । कोरोना भाइरस फैलिएको वुहानबाट आइतबार १ सय ७५ जना नेपालीलाई नेपाल वायु सेवा निगमको जहाजमार्फत स्वदेश ल्याइएको छ ।

Padelux insider
cura insider

नेपाल फर्किन १ सय ८५ जनाले निवेदन दिएका थिए । तर ४ जना उतै बस्ने निर्णय गरे ।

उच्च तापक्रम देखिएको भन्दै चिनियाँ अधिकारीले विमानस्थलमै रोकेपछि फर्किनेको संख्या १ सय ७५ मात्रै भएको हो ।

फर्काइएकाहरुलाई भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिने भएको छ ।

नागरिक दैनिकमा छापिएको खबरमा उद्दार गरिएकालाई मात्र हैन उनीहरुको सम्पर्कमा आउने चिकित्सक, भान्से, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत सबैलाई क्वारेन्टाइन क्षेत्रको कम्पाउण्डबाहिर जान नदिने बन्दोबस्त मिलाउन विज्ञहरुले सुझाब दिएका छन् ।

‘महाकालीवारि सडक खन्दै भारत’ शीर्षकमा कान्तिपुर दैनिकमा मुख्य खबर छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भूभावग नै फिर्ता ल्याउने तयारी छौँ, नक्सा छाप्ने के हो र ? भनेर संसदलाई सम्बोधन गरिरहँदा महाकालीको उत्तरी सीमा व्यास क्षेत्रमा आधा किलोमिटर सडक खनेको छ ।

व्यास गाउँपालिका १ को माल्पादेखि दोपखेसम्मको भागमा डोजर गुडाउने सडक, महाकाली नदी तार्न पुल र दुई काठेपुल भारतले बनाएको हो ।

भारतले नेपाली भूमिका दुई ठाउँमा सडक बनाएर निर्माण सामग्री ढुवानी गरिरहेको छ ।

अन्नपूर्ण पोष्टमा ‘एकै दिनमा रोम पनि बनेन’ शीर्षकमा अन्नपूर्ण पोष्टमा खबर छ । संसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको खबरलाई मुख्य समाचार छापेको छ ।

प्रधानमन्त्री ओलीले जनताले अनूभुति हुने गरी दुई वर्ष केही काम गरेको आँकडा प्रस्तुत गरे ।

यही विषयलाई नयाँ पत्रिकामा ‘सरकारको प्रतिरिक्षा, विपक्षीलाई कटाक्ष’ शीर्षकमा मुख्य समाचार छापेको छ ।

प्रधानमन्त्री ओलीले सरकारको प्रगति अंक र अनुभूति दुवै राम्रो भएको बताएका छन् । यस्तै प्रधानमन्त्री ओलीको अंकमा प्रश्न शीर्षकमा अर्काे समाचार छ ।

तीन वर्षदेखि कुनै पनि प्रदेशमा आर्थिक वृद्धिदर ६ प्रतिशत कम नभएको बताएपनि ०७५ ७६ मा प्रदेशहरुको कुल गार्हस्थ उत्पादनको गणना गरेको हुँदा कति आर्थिक वृद्धि भयो भनेर भन्न नसकिने उल्लेख छ ।

यसमसा पनि कर्णाली प्रदेशको सांकेतिक आर्थिकवृद्धि ५.६८ प्रतिशत मात्रै भएको छ ।

jackson ribon