birat ribon

अष्ट्रेलियासँग खेल्ने प्रारम्भिक टोलीको घोषणा

Neuro
अष्ट्रेलियासँग खेल्ने प्रारम्भिक टोलीको घोषणा

काठमाडौं, ३ फागुन । अष्ट्रेलियासँग खेल्ने नेपाली फुटबल खेलाडीको प्रारम्भिक टोलीको घोषणा गरिएको छ ।

Padelux insider
cura insider

२०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबल र सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कपको छनोट प्रतियोगिता अन्तरगत अष्ट्रेलियासँगको हुने दोस्रो लेगको खेल हुन लागेको हो ।

ए डिभिजन लिग समापन हुनासाथ प्रशिक्षक जोहान कालिनले बन्द प्रशिक्षणका लागि ३१ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरे ।

३१ मार्चमा हुने शहीद रंगाशालामा नेपालले अष्ट्रेलियाको सामना गर्ने छ । अष्ट्रेलियमा भएको लेगको पहिलो खेलमा नेपाल ५-० ले हारेको थियो ।

टोलीमा विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने, रेजिन धिमाल, सुमन आर्याल, अमृत तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ र विकास खवास छन् ।

अनन्त तामाङ, देवेन्द्र तमाङ, दिलेन लोक्तान, सिसेङ आङ्देम्बे, तेज तामाङ, विक्रम लामा, सुवास गुरुङ, मिक्चेन तामाङ, पुजन उपर्कोटी, अरिक बिष्ट, बीशाल राई ‘बी’ र सुजल श्रेष्ठलाई पनि प्रारम्भीक टोलीमा परेका छन् ।

रवी पासवान, सुनिल बल, अन्जन बिष्ट, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आषिश लामा र बिमल रानालाई भने टोलीमा समेटिएको छ ।

jackson ribon