birat ribon

विराट एक्स्पो अवलोकन गर्नेको संख्या उल्लेख्य

Neuro
विराट एक्स्पो अवलोकन गर्नेको संख्या उल्लेख्य

विराटनगर, ३ फागनु । उद्योग संगठन मोरङको आयोजना जारी विराट एक्स्पोमा अवलोकनकर्ताको घुइँचो लागेको छ ।

Padelux insider
cura insider

‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ विराटनगरमा ‘विराट एक्स्पो’ जारी छ ।

विराटनगर–२ स्थित शंकरपुरमा ‘विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ को दोस्रो दिन शनिबार अवलोकन गर्नेको घुइँचो रहेको थियो ।

एक्स्पो (मेला) अवलोकन गर्नुका साथै त्यहाँ प्रदर्शनीमा राखिएका सामान बजारभन्दा सस्तो भएपछि किन्नेको अत्यधिक भीड रहेको थियो ।

मेला अवलोकन गर्न आन्तरिकका साथै भारतको बिहारबाट समेत आएका छन् ।

दुई दिनमा करिब ४० हजारभन्दा बढीले मेला अवलोकन गरेको प्रचारप्रसार संयोजक नन्दु राठीले बताए ।

दुई दिनमा ४० हजार बढीले अवलोकन गर्नुका साथै ४ करोड बढीको कारोबार भएको छ ।
राठीले अवलोकन गर्नेहरुको संख्या सोचे भन्दा बढी हुने बताए ।

शनिबार मेलामा हात्तीको विशेष आकर्षण रहेको थियो । हात्तीमा चढेर रमाइलो गर्ने र छेउमा सेल्फी फोटो खिच्नेको घुइँचो रहेको थियो ।

मेलामा आएका व्यक्तिले विगतकोभन्दा धेरै व्यवस्थित रहेको बताएका थिए ।

मेलामा कपडाका साथै भान्सामा प्रयोग हुने समान किन्नेको धेरै भीड रहेको थियो । सवारी साधन किन्ने र बुक गर्ने गरेका छन् ।

मेलाको अर्को आकर्षण हेलिकोप्टरबाट विराटनगर बजारको दृश्यावलोकन गर्ने धेरै रहेका थिए । होराइजन होलिडेले हेलिकोप्टरको व्यवस्थापन गरेको छ ।

उसले मेलाबाट पाथीभरा दर्शनको ५० हजार, हलेसी दर्शनको ४५ हजार र विराटनगर बजार दृश्यावलोनको ७ हजार ५ सय रुपैयाँमा सेवा प्रदान गर्दै आएको बताइएको छ ।

हेलिकोप्टरबाट सेवा लिनेको भीड रहेको बताइएको छ ।

बालबालिकाका लागि विभिन्न खेल्ने सामग्री तथा फोटो खिच्नका लागि मोटु पात्लु, सेल्फी जोनलगायतको रहेको छ ।

यस्तै राष्ट्रिय र स्थानीयस्तरका कलाकारको साँगीतिक प्रस्तुति, फेसन शो गर्दै आएका छन् । नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको मेला फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

jackson ribon