काँचो केरा खाँदा पनि फाइदै फाइदा

विराटनगर, ३ फागुन । हामी मध्ये धेरैले पाकेको केरा त खाएकै छौँ । पाकेको केरा खाँदा भोक भेटिनुका साथै स्वास्थ्यलाई पनि अनेक किसिमको फाइदा पुग्छ ।

तर काँचो केराले पनि स्वास्थ्यको लागि अनेक फाइदा पुर्याउने विषयमा भने कमैलाई जानकारी होला ।

यस्तै काँचो केरा खाने चाँही हामी मध्ये कमै नै छौँ । वास्तबमा काँचो केरामा प्रसस्त मात्रामा पोटाशियम हुन्छ । पोटाशियम हाम्रो शरीरमाअ आवश्यक तत्व हो ।

यसले रोगसंग लड्नसक्ने क्षमता बढाउँछ ।

यसमा अर्काे तत्व भिटामिमन बी ६, भिटामिन सी हुन्छ जसले शरीरलाई फूर्तिलो बनाउँछ ।

काँचो केरामा पनि फाइबर हुने हुँदा दुब्लाउन चाहानेहरुको लागि एकदमै उपयोगी हुन्छ ।

यसले पेटसम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै कब्जियत हुनबाट बचाउँछ । ग्याष्ट्रिकको समस्या समेत घटाउँछ ।

काँचो केरा खाँदा मधुमेह रोगलाई नियन्त्रण गर्छ ।

Loading...