birat ribon

कोरोना भाइरसको कारण फ्रान्समा एक जनाको मृत्यु

Neuro
कोरोना भाइरसको कारण फ्रान्समा एक जनाको मृत्यु

पेरिस, ३ फागुन । कोरोना भाइरसबाट फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको भएको छ ।

Padelux insider
cura insider

शनिबार फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले भने, “चीनको हुबेई प्रान्तमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट फ्रान्समा एक ८० बर्षीय चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ ।”

एसिया महादेशभन्दा बाहिर यो भाइरसको सङ्क्रमणबाट भएको यो नै पहिलो मृत्यु हो ।

बुजिनका अनुसार फ्रान्समा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएका अन्य ६ जनाको उपचार भइरहेको छ । उपचाररतहरुको अवस्था सामान्य रहेको छ ।

केही दिन यता स्वास्थ्य अवस्था ‘निकै नाजुक’ भएका ती बिरामीको मृत्यु भएको हो ।

चीनको मध्य क्षेत्रस्थित हुबेईको राजधानी वुहानबाट गत वर्षको डिसेम्बरमा देखा परेको यो नयाँ भाइरसका कारण चीनमा एक हजार ५ सय बढी व्यक्तिको मृत्यु भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म मुख्यभूमि चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा गरी कूल चार जनाको मृत्यु भएको छ ।

चीनमा कोभिड–१९ का कारण अहिलेसम्म ६६ हजार व्यक्ति सङ्क्रमित भएको पुष्टि गरिएको छ ।

चीनको वुहान र आसपासका स्थानमा रहेका करिब ५ करोड ६० लाख व्यक्तिलाई रोग फैलिनबाट रोक्नका लागि क्वारेन्टाइनमा राखिएको छ ।

चीनबाहिर झण्डै ६०० व्यक्तिलाई कोभिड–१९ को सङ्क्रमण भएको र यसमध्ये करिब ३५ जना यूरोपेली संघ (इयू) सदस्य राष्ट्रमा पनि रहेको बताइएको छ ।

jackson ribon