काठमाडौं, ३ फागुन । कोरोना भाइरसको प्रकोप फैलिएको चीनको वुहानमा रहेका १ सय ८५ जना नेपालीको उद्दाका लागि नेपाल एयरलाइन्सको वाइडबडी जहाज वुहानका लागि उडेको छ।
शनिबार ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको वुहानका लागि जहाज उडेको हो ।
वुहानबाट नेपालीलाई लिएर जहाज आइतबार बिहान अवतरण गर्नेछ ।
जहाजमा ३ पाइलट, ६ जना क्याबिन क्रू, ४ जना नेपाली सेनाका चिकित्सक, जना इन्जिनियर र एक लोडमास्टर छन् ।
हुबेई प्रान्तमा रहेका नेपालीहरूलाई स्वदेश पठाउन राजधानी वुहानमा भेला गरिसकेको छ।
नेपालीलाई वुहानबाट उद्दार गरेर भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्र भवनमा राखिनेछ ।
जहाजमा रहेका पाइलटसहित अन्य सदस्यलाई नगरकोटस्थित खानेपानीको तालिम केन्द्रमा राखिनेछ।