ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबलाई

काठमाडौं, ३ फागुन । मछिन्द्र क्लबले पहिलो पटक ए डिभिजन लिगको उपाधि जितेको छ ।

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित गर्दै मछिन्द्रले पहिलो पटक उपाधि जितेको हो ।

खेलको ३३ औं मिनेटमा मछिन्द्रले उपहार गोल पाएको थियो । रञ्‍जित धिमालको फ्रिकिक हेड क्लियर गर्ने क्रममा आर्मीका विकास तामाङले आत्मघाती गोल गरेका थिए । सोही गोलले मछिन्द्रलाइ पहिलो पटक च्याम्पियन बनाएको हो ।

च्याम्पियन बनेको मछिन्द्रले ५० लाख नगद पाउनेछ ।

गत वर्ष अन्तिम दुई स्थानमा रहेको मछिन्द्र रेलिगेसनबाट जोगिएको थियो । यो सिजन एक अंक गुमाएपनि आर्मीलाई २ अंकले पछि पार्दै लिग जितेको हो ।

मछिन्द्रले १३ खेलबाट ३१ जोडेको छ । लिगको दोस्रो बनेको आर्मीले २९ अंक जोड्यो ।

आर्मी दोस्रो पटक उपाधि नजिक पुगेर पराजित भएकाे हाे । शनिबारको खेलमा आर्मीलाई बराबरी गरेको अवस्थामा अंक तालिकाको अवस्थामा बिजयी हुने थियो । तर प्रतिस्पर्धात्मक खेलमा आर्मी स्तब्ध बन्यो ।

यसअघि २०६३ सालको लिगको अन्तिम खेलमा आर्मी नेपाल पुलिससंग पराजित हुँदै उपाधि बिहिन बनेको थियो ।

Loading...