birat ribon

पोखरा म्याराथनको उपाधि जापानका ताकानाशीलाई

Neuro
पोखरा म्याराथनको उपाधि जापानका ताकानाशीलाई

पोखरा, ३ फागुन । पोखरामा सम्पन्न १४औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जापानका ताकानाशी रोसुकीले जितेका छन् ।

Padelux insider
cura insider

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरा शनिबार रङ्गशालाबाट शुरु भएको म्याराथन निर्धारित दूरी २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा पूरा गरी रोसुकी च्याम्पियन बनेर उपाधिसहित २ लाख पुरस्कार प्राप्त गरे ।

१३औँ सागमा स्वर्ण विजेता सशस्त्र प्रहरीका किरण बोगटीले दोस्रो स्थानमा चित्त बुझाए ।

२ घण्टा २८ मिनेट ८ सेकेण्ड समयमा निर्धारित दूरी पार गरी द्वितीय बन्नुभएका उनले १ लाख रुपैयाँ पाए ।

गण्डकी प्रदेशका अनिष थापामगरले २ घण्टा २९ मिनेट तथा सशस्त्र प्रहरीका गणेश सिंह ठकुरीले दुई घण्टा ४१ मिनेटमा दौड पूरा गरी क्रमशः तेस्रो र सान्त्वना स्थान हासिल गरी ७५ र १५ हजार रुपैयाँ पुरस्कार पाए ।

उपाधि विजेता ताकानाशीले जापानको कोमागाने शहरबाट पहिलो पटक पोखरामा सहभागी भएर म्याराथनको उपाधि जित्दा खुशी भएको बताए ।

त्यसैगरी १० किमी महिला पुरुष दौडमा पूर्णबहादुर कार्की प्रथम, याङ्गदेव राई द्वितीय र आशिष कुँवरले तेस्रो स्थान हासिल गरी क्रमशः १५ हजार १० र ५ हजार पुरस्कार प्राप्त गरे ।

महिलातर्फ इन्द्रकला प्रथम, अनिता राई द्वितीय र विदेशी खेलाडी वेन्डी तृतीय भई क्रमशः १५ हजार १० र ५ हजार रुपैयाँ पाए ।

jackson ribon