birat ribon

तिम्री प्रेमिका होइन !

Neuro
तिम्री प्रेमिका होइन !



Padelux insider
cura insider

टीका सापकोटा

सबै सम्बन्ध भन्दा अलग
सबै आफन्त भन्दा नजिक
संसार अटाउने मनको खुल्ला सिंहासनमा
तिमीलाई राखेँ,
के यो मेरो भुल थियो र?

जीवनमा हर पानाहरु खुल्लै थिए तिम्रो सामु
कहाँ कहिले के लेखिएको थियो?
कोरिएका कतै मेटिएका कतै मेटाईएका मेरा अतीत,
सायद तिमीलाई भन्दा धेरै त आफैंलाई
पनि थाहा छैन होला

आकाश लजाउँदैन धर्तीलाई देखेर
धर्तीले घुम्टो हाल्दैन आकाशलाई देखेर
यस्तै यस्तै केही त थियो तिमी र म बीचमा
के यो मेरो भुल थियो र ?

आज किन बोल्दैनौ बोलाउँदा पनि ?
के भयो ? सोध्दैनौ टोलाउँदा पनि
कतै बिझाएको छु भने ती तिम्रा आँखामा
झारीदिनु निसड़्कोच यही जमिनमा
जहाँबाट उठेर तिम्रो आँखासम्म पुग्ने दुष्साहस गरेँ
दुखाएको छु भने त्यो मुटुलाई ,
फ्याँकिदिनु त्यही बगरमा जहाँबाट तिमीले टिपेका
थियौ एउटा जीवन

म तिम्रो प्रेमिका होईन !
न त श्रीमती नै
न दिदी न बहिनी
केवल मनसँगको साईनो हो तिम्रो र मेरो
तर प्रेमिका झैं मायालु
श्रीमती झैं दोस्ती
दिदी बहिनी झैं शुभचिन्तक
अवश्य बन्न सक्छु
म नारी तिमी पुरुष फरक यति हो
समाजले तेर्साउने अनगिन्ती प्रश्नहरू त मेरा सामु पनि छन्
नियमहरू छन्, कर्तव्य अनि जिम्मेवारी पनि
नरी पुरुषको सम्बन्ध प्रेमी प्रेमिका र लोग्ने स्वास्नीको
मात्रै हुँदैन बुझ्नु पर्छ यो समाजले

सायद तिमी डरायौ होला यो समाज सँग
जीवनसँग जोडिएक हरेक नातासँग,
त्यसैले त टाढियौ साईनो बिनाको सम्बन्धसँग
समाज हो एक दिन परिवर्तन हुनेछ
सोच हो एक दिन बदलिनेछ
बदलिने छौ स्वयम् तिमी पनि ।।

तर थाहा छ तिमीलाई ?
यी सबै नाता सम्बन्ध भन्दा कैयौं गुणा माथि छौ तिमी
र रहिरहनेछौ जीवनभर
कहीँ कतै कहिल्यै नदुख्ने नाता गाँस्न चाहेकी हुँ तिमीसँग
के तिमी र म साथी बन्न सक्दैनौँ?

म तिमीसँग अधिकार खोज्न आउँदिन
कहाँ छौ कोसँग छौ सोध्न पनि आउँदिन
बुझ्नेछु कि अब पनि बोलेनौ भने
साथी साथी रहेनौं
मन बदलिएको छ,
विचार साँघुरिएको छ,
पाइला लुलिएका छन्

भन्नेछु यो दुनियालाई सुन्नेगरी

नारी र पुरुष बीचमा
साथीको सम्बन्ध कहिल्यै दीगो रहन सक्दैन
नबन्नु साथी कसैको

नबनाउनू यो नाजुक सम्बन्ध
जो एक झोक्का हावाले उडाउँछ,
सानो खहरेले बगाउँछ ।।


कावासोती, नवलपराँसी

jackson ribon