गायक गजुरेलको ‘ओठमा अल्झियो माया’ सार्बजनिक

विराटनगर, ३ फागुन । विराटनगरका गायक नितिन गजुरेलले नयाँ गीत सार्बजनिक गरेका छन् ।

प्रेम दिवसको अवसरमा ‘ आँखाले हेर्यौ , ओठले मुस्कायो, ओठमा अल्झियो माया’ बोलको गीत सार्बजनिक गरेका हुन् । गीत ओएसआरको युट्युब च्यानलमा हेर्न सकिनेछ ।

प्रेम सम्बन्धमा आधारित गीतको म्युजिक भिडियोमा कमल सिंह र श्रेया कार्कीले अभिनय गरेका छन् ।

मनिष प्रसाईको शब्दसंगित रहेको गीतको भिडियो प्रविन राईले खिचेका छन् । भिडियोलाई रयान कार्कीले निर्देशन गरेका छन् ।

Loading...