Rumpum Advertisement
Dazzu

प्रधानमन्त्रीद्वारा प्रतिनिधिसभामा सम्बोधन शुरु, भ्रष्टाचारीलाई नछोडिने

प्रधानमन्त्रीद्वारा प्रतिनिधिसभामा सम्बोधन शुरु, भ्रष्टाचारीलाई नछोडिने

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सरकारले दुईवर्षे कार्यकालमा गरेका कामको प्रगतिबारे सम्बोधन सुरु भएको छ ।

उनले सम्बोधनका क्रममा २ वर्ष राजश्व चुहाट, नकक्ली विल ७ सय ९५ विरुद्ध मुद्दा दायर भएको छ । सरकारी जमिन फिर्ता लिने अभियान नै चलाएको छ ।

उनले ललिता निवासको जग्गा छानबिन गर्न आफुले नै छानबिन गर्न समिति बनाएको बताए ।

आफुले नै जग्गा लुटेको जस्तो गरी प्रचार प्रसार गरिएको बताए । सरकारले ललिता निवास प्रकरणमा आवश्यक कारवाहीको लागि अख्तियारमा पठाएको तर केहीले सरकारलाई खै त कारवाही भन्दै सरकारलाई उत्तेजित पार्न खोजिएको बताए ।

उनले भद्रगोल स्थितमा रहेको मुलुकलाई ट्रयाकमा ल्याउन सबैले सहयोग गर्नु पर्ने उनको भनाइ छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले दुई वर्षको कार्यकालको प्रगतिबारे संसद्लाई जानकारी दिन सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।

प्रम ओलीले ११ बजे सम्बोधन गर्ने तय भएको थियो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्वको विषयमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम तय भए पनि शोक प्रस्तावका कारण अन्तिममा आएर स्थगित भएको थियो ।