birat ribon

लघुकथा : सच्चा भ्यालेन्टाइन

Neuro
लघुकथा : सच्चा भ्यालेन्टाइन

– धनराज गिरी

Padelux insider
cura insider


दुई वर्ष पनि टिकेन उनीहरूको दाम्पत्य जीवन । के भएर रु थाहा छैन कसैलाई पनि ।

‘कान्छा र कान्छी’ मिलेको जोड़ी — आदर्श जोड़ी — तर कान्छीले चटक्क छोड़ी — यात्रा मोडी ।
कान्छो बिलकूल एक्लो भयो गाउँमा ।

सम्पत्ति प्रशस्त, तर पनि ‘पोइल’ भन्ने शब्दलाई सम्मान गर्दै कान्छी अर्को गाउँको गब्बर सिंहसित नयाँ ‘प्रेमग्रन्थ’ लेख्न पुगी ।
दुई वर्षमा यता कान्छाले लेख्न नसकेको गजल लगेको ३०० दिनमा सम्पन्न गर्यो गब्बरेले । ऊ एउटा घुतुमुने छोराको बाउ भयो ।

आज भ्यालेन्टाइन डे । गाउँमा पनि यो संस्कृति पुगेको छ । फेसबुकमा वसन्त आएको छ ।

लुकीछिपी पनि चलेको छ प्रेम । सबैको आआफ्नो योजना छ, तर कान्छो १५ माना घिउ, तीन केजी खसीको कवाब मासु, काजु,पेस्ता ….आदि इत्यादि बोकेर घरबाट निस्कियो ,

अनुहार छोप्न ह्याट र कालो चस्मा लगाएको छ । इमानदारी र सरलताका लागि नाम कमाएको कान्छो गाउँमा निकै प्रिय ।

कान्छी पोइल गएकीमा ऊप्रति धेरैको सहानुभूति । बिहेका लागि नानी दिन धेरै आए मानेन । जोगी हुन्छु, अर्की ल्याउँदिन भन्यो ।

बाटोमा मास्टर अन्तरेको फेला पर्यो । ए कान्छा , के कोशेली बोकेर कता जान लागेको ? कोही भ्यालेन्टाइन छ ? पोको पनि कुस्त छ त ?

निष्ठुरी मोरी, छोड़े पनि मनको मायाँ कम नहुने रहेछ , आमा भएकी आज ५ दिन भयो रे, गब्बरे पनि हतार गरेर कतार गयो अरे । सासू र नन्द कड़ा छन् रे । मायाँ लाग्यो ।

सुत्केरी मसला र केही ताकत लाग्ने खानेकुरा लिएर कान्छीको दर्शन गर्न जान लागेको ! , सोझो कान्छो !, झूट बोल्न सकेन पित्त नभएको राजा अकवरले खोजेको मान्छे मनमा आयो मास्टरको, बोलेन ! तर यति भन्यो, स्याबास् कान्छा !, यो हो सच्चा मायाँ, यो हो सच्चा भ्यालेन्टाइन !!

jackson ribon