Rumpum Advertisement

सलकपुरमा मोटरसाइकल दुर्घटना : दुईजनाको मृत्यु, दुई घाइते

Neuro Revised Adv
Koshi Dashain ad
सलकपुरमा मोटरसाइकल दुर्घटना :  दुईजनाको मृत्यु, दुई घाइते

विराटनगर, ३ फागुन । मोरङको सलकपुरमा मोटरसाइक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरमा शुक्रबार राति करिब १२ बजे दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

को ३७ प १७ नम्बरको मोटरसाइकल र तीन जना सवार को ३४ प ६६०२ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा सोही स्थानका २२ वर्षीय विशाल खत्री र २३ वर्षीय अर्पण गुरागाईको मृत्यु भएकाे हाे । विशाल को ३७ प १७ नम्बर र अर्पण अर्को मोटरसाइकलका चालक हुन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा दुबैजनाले मापसे सेवन गरी मोटरसाइकल चलाएको भेटिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा को ३४ प ६६०२ नम्बरको मोटरसाइकलमा सवार सलकपुरका २१ वर्षीय प्रदीप थापा र संखुवासभाको चैनपुर नगरपालिका–३ का २० वर्षीय लक्ष्मण खत्री घाइते छन् ।

घाइतेको विराटनगरको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।