विराटनगर, ३ फागुन । अचेल धेरैजसो अभिभावकलाई छोराछोरीको अधिक मोटोपनाले गर्दा चिन्ता थपिएको छ ।
अभिभावकहरु सन्तानको अस्वभाभिक मोटोपनाको कारण बिभिन्न उपायहरु खोजी गर्न थालेका छन् ।
धेरै मोटो हुँदा शरीर असुहाउँदो मात्र नभई रोगले समेत घर बनाउँछ ।
यही कारण बच्चाको उमेर अनुसार तौल कति हुनु पर्ने हो त्यो कायम राख्न अभिभावकले ध्यान दिनै पर्छ ।
मोटाउन मद्दत गर्ने भनेकै खानपानले हो । यसअर्थ उनीहरुको खानपान र आनिबानीमा अभिभावकहरुले ध्यान दिनु पर्छ ।
बच्चाहरुको मोवाइल वा टेलिभिजन हेरेर खाने बानी भए त्यो जसरी भएपनि छुटाउनु पर्छ । मोवाइल कम्प्युटर वा टिभी हेरेर बसाउने भन्दा बाहिर साथीहरुसँग खेल्ने, दौडाउने गर्नु पर्छ ।
खुला स्थानमा राख्दा चकचक गर्ने पिरले अभिभावकहरुले नै मोवाइल दिने वा टिभी हेराएर राख्दा बच्चाहरु झनै मोटाउने वा अल्छी बन्ने समस्या पनि देखिने गरेको छ ।
बच्चाहरुलाई थोरै थोरै तर धेरै पटक खाना खान दिनु राम्रो हो । ज्यादै भोको भएको अवस्था धेरै खाना खाने हुँदा मोटाउने क्रम झन बढ्छ ।
जंकफुड (पत्रुखाना)ले झनै मोटो बनाउँछ । यसैले त्यसको बानी नलगाएकै राम्रो ।
फलफूल र सागसब्जी खुवाउने बानी बसाल्नु राम्रो हुन्छ ।
यस्तै धेरै गुलियो अथवा चकलेट खाने बानी पार्ने हुँदैन् ।
राति बेलैमा सुताउने र बिहान छिटै उठाउने गर्नु पर्छ । तर बच्चालाई पर्याप्त निन्द्र पुग्न दिनु पर्छ ।