birat ribon

म्यानचेस्टर सिटीले २०२२ सम्म च्याम्पियन्स लिग खेल्न नपाउने

Neuro
म्यानचेस्टर सिटीले २०२२ सम्म च्याम्पियन्स लिग खेल्न नपाउने

एजेन्सी, ३ फागुन । इंग्लिस क्लब म्यान्चेस्टर सिटीले सन् २०२२ सम्म युरोपियन च्याम्पियन्स लिग खेल्न नपाउने भएको छ ।

Padelux insider
cura insider

युरोपेली फुटबल महासंघले सिटीलाई युरोपियन क्लब प्रतियोगितामा आगामी दुई सिजन खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

युइएफएको क्लब लाइसेन्सिङ र फाइनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा सिटीमाथि यूईएफएले प्रतिबन्ध लगाएको हो ।

यस प्रतिबन्धसँगै सिटीले आगामी दुई सिजनका लागि युरोपेली प्रतियोगिता खेल्न पाउने छैन ।

अब सिटीले प्रतिबन्धसँगै ३० मिलियन युरो जरिवानासमेत तिर्नुपर्नेछ ।

यूईएफएका अनुसार सिटीले प्रायोजनवापतको रकम खातामा गलत देखाएर सन् २०१२ देखि २०१६ सम्म युइएफएमा बुझाएको देखिएको छ ।

यस्तै सिटीमाथि अनुसन्धानमा सहयोग नगरेको आरोपसमेत छ ।

यद्यपि, सिटीले यूईएफएको यस निर्णयविरुद्ध कोर्ट अफ आर्बिटेशन अफ स्पोर्ट्समा अपिल गर्न पाउनेछ ।

jackson ribon