विराटनगर, ३ फागुन । स्पेनिस ला लिगामा साविकको उपविजेता टोली एथ्लेटिको मड्रिड बराबरीमा रोकिएको छ ।
शुक्रबार राति भएको खेलमा एथ्लेटिको भ्यालेन्सियासँग २–२ गोलको बराबरीमा रोकिएको हो ।
भ्यालेन्सियाको मैदानमा भएको खेलमा एथ्लेटकोले सुरुआती अग्रता बनाएको थियो ।
खेलको १५औं मिनेटमा मार्कोस लोरेन्टेले गोल गर्दै उसलाई अग्रता दिलाएका थिए ।
यसैगरी ४०औं मिनेटमा भ्यालेन्सियाका ग्राबियल पौलीस्टाले गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेलको ४३औं मिनेटमा एथ्लेटिकोका थोमस पार्टीले गोल गरेपछि पहिलो हाफभरि पाहुना टोलीले २–१ गोलको अग्रता बनाएको थियो ।
तर, खेलको ५९औं मिनेटमा भ्यालेन्सियाका जियोफ्रे कोन्डोग्बीयाले गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै एथ्लेटिकोले २४ खेलबाट ४० अंक बनाएको छ । ऊ चौथो स्थानमा छ । यता, भ्यालेन्सिया भने ३८ अंकका साथ छैटौं स्थानमा छ ।