birat ribon

आर्मी र मछिन्द्रको ऐतिहासिक उपाधि जित्ने लक्ष्य

Neuro
आर्मी र मछिन्द्रको ऐतिहासिक उपाधि जित्ने लक्ष्य

काठमाडौं, ३ फागुन । काठमाडौंमा जारी कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज उपाधि भिडन्त हुँदैछ ।

Padelux insider
cura insider

यो खेल आज निबार दिउँसो १:३० बजे सुरु हुने खेलमा विभागीय क्लब त्रिभुवन आर्मी र मछिन्द्र क्लबले उपाधिका लागि खेल्दैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यस खेलमा दुवै टोली उपाधि जित्ने योजनामा छन् ।

यस खेलमा दुवै क्लब ऐतिहासिक उपाधि उचाल्ने दाउमा छन् ।

यी दुवै क्लबले अहिलेसम्म ए डिभिजन लिगको उपाधि जित्न सकेका छैनन् ।

यस खेलमा लिगमा शीर्ष स्थानको आर्मीलाई बराबरी नै काफी छ भने मछिन्द्रलाई जितको आवश्यक पर्नेछ ।

आर्मीले १२ खेलमा २९ अंक बनाएको छ भने समान खेल खेलेको मछिन्द्रसँग २८ अंक छ ।

मछिन्द्रले अघिल्लो सिजन विना रेलिगेशनको लिगमा अन्तिमबाट दोस्रोमा रहँदा १ अंक गुमाएको हो ।

आर्मीको कप्तानी भरत खवासले गर्नेछन् भने मछिन्द्रको कप्तानी विराज महर्जनले गर्नेछन् ।

खेलअघि मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालले भने, ‘आर्मीविरुद्ध थोरै मौका पाउने छौँ । त्यसलाई सदुपयोग गर्नुपर्छ ।’

यसैगरी आर्मीका प्रशिक्षक नवीन न्यौपानेले, ‘अहिलेसम्म लिग जितेका छैनौँ । यो पटक अवसर छ । अट्याकिङ खेल खेल्छौ । बराबरीका लागि हैन जित्नकै लागि खेल्छौ ।’

jackson ribon