सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख चौधरीविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं, २ फागुन । सडक डिभिजन कार्यालय विराटनगरका तत्कालिन प्रमुख जितेन्द्रकुमार चौधरीविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

सडक डिभिजन कार्यालय विराटनगरको कार्यालय प्रमुख हुँदा सिनियिर डिभिजनल इन्जिनियर चौधरीले भूमि इन्फ्रास्ट्रक्चर प्रालिबाट पटक पटक गरी ३५ लाख रुपैयाँ घुस लिएर श्रीमतीको खातामा जम्मा गरेको आरोप अख्तियारको छ ।

अख्तियारले चौधरीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

अनुसन्धानको क्रममा चौधरीले बाटो निर्माण गर्ने बिभिन्न स्वीकृत आयोजनाहरुको काम सुरु गर्दा दिइने मोविलाइजेसन रकमबाट कमिसन लिएर श्रीमतीको खातामा जम्मा गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

Loading...