काठमाडौं, २ फागुन । कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएका तीन जनामा संक्रमण नभएको पुष्टि भएको छ ।
राजधानीस्थित टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका तीन जना नेपालीमा संक्रमण नभएको पुष्टि भएको हो ।
अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले भाइरस संक्रमणको आशंकामा परीक्षणका लागि अस्पतालमा राखिएका तीन जनालाई परीक्षणपछि डिस्चार्ज गरिएको बताए ।
भाइरस संक्रमण हुँदाको लक्षणसँग मिल्दाजुल्दा लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो । परीक्षणको पछि संक्रमण नभएको पुष्टि भएको हो ।
गएको बुधबार चीनबाट फर्किएका उनीहरुलाई भाइरसको संक्रमणको परीक्षणका लागि टेकु अस्पतालमा भर्ना गरिएको थियो ।