चीनका १ हजार ७ सय स्वास्थ्यकर्मीलाई नै कोरोना भाइरसको संक्रमण

चीन, २ फागुन । चीनमा कोरोना भाइरस (कोभिड–१९) बाट १ हजार ७ सय १६ स्वास्थ्यकर्मी संक्रमित भइसकेका राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले जनाएको छ ।

एनएचसीले शुक्रवार दिएको जानकारी अनुसार फेब्रुअरी ११ सम्ममा कोरोनाको सङ्क्रमण भएका कूल विरामीको ३.८ प्रतिशत भने स्वास्थ्यकर्मी नै रहेका छन् ।

एनएचसीका उप–निर्देशक चेन यिक्सिनले पत्रकार सम्मेलनमा सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये ६ जनाको उपचारका क्रममा मृत्यु भइसकेको बताए ।

कोभिड–१९ बाट सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये एक हजार ५ सय २ अर्थात् ८७.५ प्रतिशत नयाँ भाइरसको उद्गमस्थल हुबेई प्रान्तमा रहेको चीनले जानकारी गराएको छ ।

हुबेईको प्रान्तीय राजधानी वुहान सहरमा सबैभन्दा धेरै एक हजार १ सय २ अर्थात् ७३.४ प्रतिशत स्वास्थ्यकर्मी सङ्क्रमित रहेका उप–निर्देशक चेनले बताए ।

Loading...