birat ribon

रुँदापनि यति धेरै फाइदा

Neuro
रुँदापनि यति धेरै फाइदा

विराटनगर, २ फागुन । भनिन्छ, जीवनमा रुन पनि जरुरी छ । खुसिमात्रै नभइ आँशुपनि भावना व्यक्त गर्ने माध्यमका रुपमा लिइन्छ ।

Padelux insider
cura insider

यस्तै स्वस्थ्य रहन पनि हाँसो जत्तिकै रुनु पनि आवश्यक रहेको छ ।

रुने मान्छेहरुमा डिप्रेसनको समस्या कम हुने अध्ययनहरुले देखाएको छ ।

चिच्याएर वा भनौ भक्कानिएर रुँदा मनमा रहेको बोझ कम हुने र दुख कम हुने विज्ञहरुको भनाइ छ ।

रुँदा व्यक्तिको शरीरमा हुने हानिकार टक्सिन बाहिर निस्किने गर्छ । यस्तै आँशुसँगै आँखालाई असर गर्ने पदार्थसमेत बाहिर निस्किने गर्छ ।

डाक्टरहरुका अनुसार रुँदा तनाव कम हुने, ब्लडप्रेसर नर्मल र रक्तसंचार सामान्य अवस्थामा आउने गर्छ ।

यस्तै भावुक भएर रुँदा आँशु आउने र आँशुमा ल्युसिन एन्केफलिन बन्ने प्रकृया हुन्छ । जसले मुडलाई ठिक गर्ने गर्छ ।

यस्तै पिडा कम हुन्छ । यसले तपाईलाई आराम दिने र सहज महसुस गराउँछ ।

jackson ribon