birat ribon

एसीसी इष्टर्न रिजनको लागि नेपाली टोलीको घोषणा

Neuro
एसीसी इष्टर्न रिजनको लागि नेपाली टोलीको घोषणा

काठमाडौं, २ फागुन । थाइल्याण्डमा हुने एसियाली क्रिकेट इष्टर्न रिजन टी २० क्रिकेट प्रतियोगिताका लागि नेपाली खेलाडी टोलीको घोषणा गरिएको छ ।

Padelux insider
cura insider

फागुन तेस्रो साता आयोजना हुने एसीसी इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगिताको लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।

नेपाली टोलीमा कप्तान मल्लसहित दीपेन्द्र सिंह ऐरी (उपकप्तान), पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी परेका छन् । यस्तै सन्दीप लामिछाने, अविनाश बोहरा, कुशल मल्ल, सुसन भारी, पवन सरार्फ, सन्दीप जोरा, किशोर महतो, भुवन कार्की पनि टोलीमा अटाएका छन् ।

स्पीनर भुवन कार्कीले पुनारागमन गर्दा यसअघि रोहितकुमार पौडेल र कमलसिंह ऐरी टिममा पर्न सकेनन् ।

ऐरी र पौडेलले ओमन र अमेरिका सम्मेलित त्रिकोणात्मक सिरिजको एक खेल खेलेका थिए ।

यस्तै पहिलो पटक क्याम्पमा परेका शेर मल्ल पनि अन्तिम टोलीमा अटाउन सकेनन् । अर्का खेलाडी लोकेश बम पनि टिममा परेनन् ।

यस्तै सिरिज लगत्तै भारतीय प्रशिक्षक उमेश पटवाल राजीनामा दिएर गएपछि नेपाली टिमको प्रशिक्षक जगत टमाटाले सम्हाल्ने पक्का भएको छ ।

इस्टर्न रिजन टी २० क्रिकेट प्रतियोगिता १५ देखि २३ फागुनमा हुने छ । एसिया कप टी२० को लागि अगष्टमा हुने क्वालिफायरका लागि एसीसीले इस्टर्न र वेस्टर्न रिजनबाट टोली छनोट गर्नेछ ।

इस्टर्न रिजनमा नेपालसहित, भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया, सिंगापुर र थाईल्यान्डले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै ९ देखि १६ फागुनसम्म ओमनमा हुने वेस्टर्न रिजनमा बहराइन, इरान, कुवेत, माल्दिभ्स, ओमान, कतार, साउदी अरबिया र यूएईबीच प्रतिश्पर्धा हुने छ ।

दुवै रिजनबाट शीर्ष दुई टोलीबीच क्वालिफायर अगष्टमा मलेसियामा हुनेछ । खेलको विजेता टिम सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा छनोट हुनेछ ।

एसिया कपमा टेष्ट खेल्ने पाँच टिम भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान तथा छानिएको १ टिमबीच प्रतिश्पर्धा हुने छ ।

jackson ribon