रेमश चौधरी रिहाइको माग गर्दै चक्काजाम

धनगढी, २ फागुन । रेशमलाल चौधरीलगायत ११ जना कैदीबन्दीलाई रिहाइको माग राख्दै धनगढीमा थरुहट थारुवान राष्ट्रिय मोर्चाले शुक्रबार आधा घण्टा चक्काजाम गरेको छ ।

टिकापुर घटनामा झुठो मुद्दा लगाएर कैदमा राखिएको भन्दै मोर्चाका कार्यकर्ताले धनगढीको क्याम्पस रोडमा आधा घण्टा सडक अवरुद्ध गरेका हुन् ।

शनिबार सोही ठाउँमा तीन घण्टा चक्काजाम गरिने मोर्चाको कार्यक्रम छ । मोर्चाका माधव थारुले माग पूरा नभएसम्म आन्दोलन निरन्तर जारी रहने बताए ।

रेशम चौधरीसहित ११ जना कैदीबन्दीलाई तुरुन्त रिहाइ नगरे आन्दोलन क्रमश सशक्त पारिने उनको भनाइ छ ।

थारु समुदायको घर, व्यापारिक प्रतिष्ठानलगायतमा आगजानी, तोडफोड र लुटपाट गर्ने दोषीलाई कानुनी कारबाही गर्न समेत मोर्चाले माग गरेको छ ।

टीकापुर घटनाको राजनीतिक हुनु पर्ने मोर्चाको माग छ ।

माग पूरा गराउनका लागि मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारुले धनगढीको क्याम्पस रोडमा आमरण अनशन सुरु गरेका छन् ।

अनसन स्थलमै चक्काजाम गरिएको हो ।

Loading...