छिटो विवाह गर्नाले मुटु रोग कम लाग्ने

विराटनगर, २ फागुन । छिटो विवाह गर्नाले मुटु रोगको समस्या कम लाग्ने सम्भावना देखाएको छ ।

हालै गरिएको एक अध्ययनका अनुसार छिटो विवाह गर्नाले लामो समयसम्म जीवन जिउने संभावना बढेर जाने पाइएको हो ।

विवाह गरेका व्यक्तिहरूको तुलनामा विवाह नगरेर, डिभोर्स गरेका, पार्टनरको मृत्यु भएका व्यक्तिलाई मुटु रोगको जोखिम उच्च रहने उक्त अध्ययनबाट पत्ता लागेको हो ।

मुटु रोगका कारण पार्टनर नभएका मानिसको मृत्यु हुने दर बढी देखिएको छ ।

यस्तै विवाहित मान्छेभन्दा पार्टनरको मृत्यु भएकाहरूमा हृदयघातका कारण मृत्यु हुने सम्भावना ७१ प्रतिशत बढी देखियो छ ।

साथै, विवाह नगरेको मानिसहरूको तुलनामा डिभोर्स गरेका र विवाह नगरेका व्यक्तिको मृत्यु हुने सम्भावना ४० प्रतिशत बढी पाइएको थियो ।

विवाह गरेका मानिसहरूको जीवनशैलीमा परिवर्तन आउने कारणले र सम्बन्धमा माया, प्रेम, साथ पाउनुका साथै तनाव कम हुने हुँदा विवाहित मानिसहरूलाई मुटुसम्बन्धी रोग कम हुने अनुमान लागिएको हो ।

मानसिक तनाव नलिएर नियमित शारीरिक व्यायाम, सागसब्जी र फलफूल बढी सेवन, तौल र कोलेस्ट्रोल नियन्त्रणमा ल्याइ, मासु, चिल्लो, बोसोयुक्त खानेकुरा, जंक फुड र धूम्रपान, सूर्तीजन्य पदार्थलाई त्यागेर नियमित रूपमा चिकित्सकसँग परीक्षण गराएमा मुटु रोगबाट सजिलै बच्न सकिन्छ ।

Loading...