birat ribon

हात–खुट्टालाई सुन्दर र आकर्षक बनाउनका लागि यसो गरौं

Neuro
हात–खुट्टालाई सुन्दर र आकर्षक बनाउनका लागि यसो गरौं

विराटनगर, २ फागुन । सुन्दर बन्नका लागि अधिकांश मानिसहरूले दैनिक रूपमा महँगो विभिन्न कस्मेटिक्सहरूको प्रयोग गर्दै आएका छन् ।

Padelux insider
cura insider

विभिन्न प्रकारको कस्मेटिकका कारण अनुहारमा बेग्लै प्रकारको चमक देखिन थाल्छ ।

तर, अनुहारको सुन्दरताका साथ साथै हात–खुट्टाको सुन्दरतामा पनि उत्तिकै ध्यान दिन आवश्यक हुन्छ ।

हात–खुट्टा खासै नजरमा आउँदैन भनेर मानिसहरू यसलाई बेवास्ता गर्ने गर्छन् ।

तर, अनुहार जस्तै नै हातखुट्टाको हेरचाह गर्नु अति आवश्यक हुन्छ ।

हातखुट्टालाई सफा राख्नका लागि तातो पानीमा अलिकति स्याम्पुमा डुबाएर राखी सफा पानीले हातखुट्टा धुनुहोस् ।

साथै, तातो पानीमा नुन र कागती राखेर पनि हातखुट्टाका साथै नङलाई पनि सफा राख्न सकिन्छ ।

कागतीको प्रयोगले हातलाई कोमल तथा उज्यालो बनाउनका साथै नङ पनि सफा राख्छ ।

हातखुट्टा सफासँग धुएपछि हातखुट्टालाई तेलले, राम्रो ब्रान्डको मोस्चुराइजिङ्ग क्रिम तथा गिल्सिरिनले राम्रोसँग मालिस गरेर राख्न सकिन्छ ।

यसो गर्दा कुर्कुच्चा फुट्ने समस्याबाट पनि जोगिन सकिन्छ ।

महिलाहरूले आफ्नो हातखुट्टा थप आकर्षित बनाउनका लागि खुट्टा र हातमा सुहाउनेगरी नङ पालिस लगाउन सकिन्छ ।

jackson ribon