हिरो महिला लिग : सर्वाधिक गोलकर्ताको उपाधि सावित्रालाई

विराटनगर, २ फागुन । नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर सावित्रा भण्डारी भारतीय हिरो महिला लिगकी सर्वाधिक गोलकर्ता बनेकी छन् ।

यस सिजन १६ गोल गरेकी उनलाई सर्वाधिक गोलकर्ताको अवार्ड दिइएको हो ।

सावित्राले फाइनल खेलमा आफ्नो टोली गोकुलम केरेलालाई जिताउन महत्तुवपूर्ण भमिका निभाएकी थिइन् ।

शुक्रबार भएको फाइनल खेलमा क्रिप्सा एफसीलाई ३–२ गोलले हराउँदै गोकुलमले उपाधि जितेको हो ।

बैंगलोर फुटबल स्टेडियममा भएको फाइनल खेलमा गोकुलमलाई जिताउन सावित्राले निर्णायक गोल गरिन् ।

२–२ गोलको बराबरीमा रहेको खेलमा गोल गर्दै सावित्राले टोलीलाई उपाधि दिलाएकी हुन् ।

त्यसबाहेक गोकुलमका लागि प्रमेश्वरीदेवी र युम्नाम कमलादेवीले एक–एक गोल गरिन् ।

क्रिप्साका लागि दाङमेयी ग्रेस र रतनबालादेवीले समान एक–एक गोल गरिन् ।

अघिल्लो सिजनमा सेथु क्लबलाई उपाधि दिलाएकी उनले यो सिजन गोकुलमलाई उपाधि दिलाएकी हुन् ।

Loading...