विराटनगर, २ फागुन । २ वर्षअगाडि प्रदर्शनमा आएको तेलुगू फिल्म ‘अर्जुन रेड्डी’ ले अभिनेता विजय देवरकोंडालाई रातारात तेलुगू इन्डस्ट्रीको स्टार बनाउन सफल भयो ।
त्यसपछि धेरै साउथ फिल्महरूमा अभिनय गरेर चर्चामा आएका विजय बलिउडमा डेब्यू गर्ने तयारीमा रहेका छन् ।
पुरी जगन्नाथको निर्देशनमा तयार हुन आँटेको ‘फाइटर’बाट विजयले बलिउडमा डेब्यू गर्न लागेका हुन् ।
आफ्नो पहिलो बलिउड डेब्यू फिल्मका लागि निकै गम्भीर बनिरहेका विजय केही दिन अगाडि नै मुम्बाई आइसकेका छन् ।
उनी फिल्मको प्रि–प्रोडक्सनमा पनि समय दिइरहेका छन् ।
दक्षिण भारतीय स्टार विजयसँग जोडी बाँधिने नायिका पनि चासोको विषय बनेको छ ।
फिल्ममा विजयको जोडीमा सानो उमेरको ‘क्युट’ नायिकाको खोजीमा निर्माण पक्ष रहेको हुनाले अभिनेत्री जान्वी कपुर र आनन्या पाण्डे हुन सक्ने अनुमान लगाइएको थियो ।
निर्माण टिमले विजयको जोडी बन्नको लागि आनन्यालाई पक्का गरिसकेको छ ।
निर्माण टिम र अनन्याबीच लिखित सम्झौता पनि भइसकेको छ ।
फिल्म अब पूर्ण रूपमा छायांकनको लागि तयार भएको निर्माण टिमले जानकारी दिएको छ ।
आनन्या चलचित्रको कथावस्तु राम्रो भएका कारण फिल्ममा काम गर्न तयार भएको बताइन् ।