‘सम्झना बिर्सना’ को पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक

विराटनगर, २ फागुन । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘सम्झना बिर्सना’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ ।

प्रेम दिवसको अवसर पारेर फिल्मको पोस्टरलाई शुक्रबार सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको फिल्मको पोस्टरमा आकाशले डोहोर्‍याइरहेको घोडामा पूजा सवार छिन् ।

फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छ ।

फिल्म २ जेठ २०७७ बाट प्रदर्शनमा आउने पक्का भएको हो ।

निमेष प्रधानको निर्देशनमा तयार भएको लभस्टोरी जनरामा आधारित फिल्ममा आकाश र पूजाको लभ केमेस्ट्री देखाइएको छ ।

आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेको फिल्मलाई दार्जिलिङ, सिक्किम र नेपालमा शिव ढकालले छायांकन गरिएको हो ।

फिल्मको कथा तथा पटकथा निर्देशक स्वयंले लेखेका हुन् ।

फिल्ममा यी दुई कलाकारहरूका साथै सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

तारा थापा ‘किम्भे’ को सम्पादन रहने फिल्ममा कमल राईको कोरियोग्राफी र शिशिर राणाको संवाद छ । युवा पुस्तालाई लक्षित गरेर बनाइएको फिल्म निर्देशक निमेषको डेब्यू निर्देशन हो ।

२०७७को तिजमा आकाश र पूजाको अभिनय रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा आउने तयारीमा छ ।

Loading...