birat ribon

पहिलो हाफमा सावित्राको टोली गोकुलमको अग्रता

Neuro
पहिलो हाफमा सावित्राको टोली गोकुलमको अग्रता

विराटनगर, २ फागुन । भारतीय हिरो महिला लिगको उपाधिका लागि नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर सावित्रा भण्डारी सम्मेलित टोली गोकुलम केरेलाले क्रिप्सा एफसीसँग खेलिरहेको छ ।

Padelux insider
cura insider

बैंगलोरमा जारी फाइनल खेलको पहिलो हाफमा गोकुलमले २–१ गोलको अग्रता बनाएको छ ।

गोकुलमका लागि प्रमेश्वरीदेवी र युम्नाम कमलादेवीले एक–एक गोल गरे भने क्रिप्साका लागि दाङमेयी ग्रेसले एक गोल गरिन् ।

खेलको सुरुआतमा नै सावित्राको असिस्टमा प्रमेश्वरीदेवीले गोल गर्दै गोकुलमलाई अग्रता दिलाइन् ।

यस्तै खेलको २४औं मिनेटमा कमलादेवीले गोल गरेपछि गोकुलमले आफ्नो अग्रता दोब्बर बनाएको थियो ।

यस्तै खेलको ३३औं मिनेटमा क्रिप्साकी ग्रेसले गोल गर्दै खेल २–१ गोलको अवस्थामा ल्याइन् ।

यस खेलमा दुवै टोली ऐतिहासिक उपाधि जित्ने दाउमा छन् । यसअघि गोकुलम र क्रिप्सा दुवै क्लबले उपाधि हात पार्न सकेका छैनन् ।

jackson ribon