birat ribon

रामकृष्ण ढकाल र निलमको ‘तिम्रोबारे’ सार्वजनिक (भिडियोसहित)

Neuro
रामकृष्ण ढकाल र निलमको ‘तिम्रोबारे’ सार्वजनिक (भिडियोसहित)

विराटनगर, २ फागुन । प्रेम दिवसको अवसर पारेर गायक रामकृष्ण ढकालले एउटा रोमान्टिक गीत सार्वजनिक गरेका छन् ।

Padelux insider
cura insider

‘तिम्रोबारे‘ बोल रहेको उक्त गीतको म्युजिक भिडियोलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको गीतमा एउटा प्रेमिले आफ्नी प्रेमिकाको बारेमा गरेको वयानलाई प्रेम भावका साथ समेटिएको छ ।

मनिष वशिष्ठको शब्द रहेको गीतमा कर्मा ब्याण्डका संगीतकर्मी सुरेन्द्रमान सिंहले संगीत भरेका छन् ।

सार्वजनिक गरिएको भिडियोमा गायक ढकाल र निलम ढकाललाई देख्न सकिन्छ । भिडियोमा यी दुईको जोडी निकै आकर्षक तथा रोमान्टिक देखाइएको छ ।

गम्भीर विष्टको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् ।

नवीन निरौलाको सम्पादन रहेको गीतको भिडियोलाई सुबोल थापाले कोर्योग्राफ गरेका हुन् ।

jackson ribon