च्यासललाई हराउँदै थ्रीस्टार तेस्रो स्थानमा

काठमाडौं, २ फागुन । थ्रीस्टार क्लब काठमाडौंमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

शुक्रबार आफ्नो अन्तिम खेल खेलेको थ्रीस्टारले च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान बनाएको हो ।

जितसँगै थ्रीस्टारले २६ अंक बनाउँदै तेस्रो स्थान बनायो । यता, पराजित च्यासलसँग १५ अंक छ । ऊ आठौं स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारलाई जिताउन भारतीय खेलाडी लाल राम्मव्रा र अनन्त तामाङले समान एक–एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ७०औं मिनेटमा लाल राम्मव्राले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए ।

यस्तै खेलको इन्जुरी समयमा अनन्तले पेनाल्टीमा गोल गर्दै थ्रीस्टारलाई २–० को जित दिलाए ।

Loading...