पैसा आउन वा जान हैन, यस कारण चिलाउँछ हात

विराटनगर, २ फागुन । परम्परागत मान्यता अनुसार हात चिलाउँदा मानिसहरू पैसा आउने वा जाने कुरासँग जोडिएको पाइन्छ । तर, हात चिलाउनुमा पैसा आउनु र जानुसँग कुनै साइनो छैन ।

हातचिलाउनु रोग नभए पनि रोगको संकेत भएको हुन सक्छ ।

मानिसको हात सबैभन्दा बढी प्रयोगमा आउने अंग हो ।

धेरै प्रयोगमा आउने भएका कारण छिट्टै संक्रमण लाग्ने अंग पनि हात नै हो ।

संक्रमण भएका कारणले गर्दा नै हात बेलाबेला चिलाउने गर्छ ।

छालाको कोषहरू तीब्र वृद्धि भएर छालाको सतहमा जम्मा भएमा चिलाउँने गर्छ ।

सुख्खा छाला हुने वा बेस्सरी हात घोटेर धुँदा पनि हात चिलाउन सक्छ ।

हात मौसम परिवर्तनका कारण, फोहोर पानीको प्रयोग गरेका कारण वा एलर्जीले गर्दा पनि चिलाउन सक्छ ।

कुनै कुराबाट एलर्जी छ भने त्यसको असर हत्केलामा देखापर्छ ।

छालाको समस्या र मधुमेह एक अर्कासँग जोडिएको हुनाले अत्यधिक हात चिलाउनु मधुमेहको संकेतसमेत हुन सक्छ ।

हात चिलाउने समस्याबाट छुट्कारा पाउनका लागि सबैभन्दा पहिला हात चिलाउनुको मुख्य कारण पत्ता लगाउनु पर्छ ।

चिलाउने समस्याबाट मुक्ति पाउनका लागि हातको सरसफाइमा निकै ध्यान दिनुपर्छ ।

हातलाई साबुन पानीले धोएर सुक्खा नरहोस् भन्नका लागि मोइस्टराइजिङ्ग लोसन र क्रिम लगाउनुपर्छ ।

हात चिलायो भन्दैमा बेस्सरी रगेडेर चिलाएमा हातमा घाउसमेत हुन सक्छ ।

यदि यो समस्या गम्भीर भएको खण्डमा तत्काल चिकित्सककोमा जानुपर्छ ।

Loading...