Rumpum

Rumpum Advertisement

बार्सिलोनाले नजर लगाएको मार्टिनेजलाई रियलले भित्र्याउने

बार्सिलोनाले नजर लगाएको मार्टिनेजलाई रियलले भित्र्याउने

एजेन्सी, २ फागुन । स्पेनिस क्लब रियल मड्रिडले इन्टर मिलनाका स्टार लाउटारो मार्टिनेज भित्र्याउने भएको छ ।

बार्सिलोनाले केही समयअघि भित्र्याउन चाहेको अर्जेन्टिनी स्टार मार्टिनेजलाई रियलले अनुबन्ध गर्ने तयारी गरेको हो ।

dfg

अर्जेन्टिनी मिडिया ‘टीवाईसी स्पोर्ट्स’का अनुसार रियलले यसै सिजनको अन्त्यतिर मार्टिनेजलाई क्लबमा भित्रउने तयारी गरेको हो ।

खबरका अनुसार रियल मार्टिनेजलाई वार्षिक १४ मिलियन युरो तलब दिनेगरी क्लबमा भित्र्याउन तयार रहेको छ ।

रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज मार्टिनेजलाई आफ्नो क्लबमा अनुबन्ध गर्न तयार रहेको खबरमा उल्लेख छ ।

यता, यस विषयमा इन्टरले पनि सहमत नै हुनसक्ने जनाइएको छ ।

इन्टरले आफ्ना २२ वर्षीय मार्टिनेज यस समरका लागि १ सय ११ मिलियन युरोमा उपलब्ध रहने जनाएका छन् ।

मार्टिनेजले यस सिजन २८ खेल खेल्दा १६ गोल र ४ असिस्ट गर्दै सबैलाई आकर्षित् गरेका छन् ।

यसअघि मार्टिनेजलाई ला लिगा च्याम्पियन क्लब बार्सिलोनाले नजर लगाएको थियो ।

तर, बार्सिलोनाका कप्तान लियोनल मेस्सीका सहकर्मीसमेत रहेका मार्टिनेजको विषयमा इन्टर र बार्सिलोनाबीच सहमति हुन सकेको थिएन ।