बहुउपयोगी वीरेनुनका यस्ता छन् औषधीय गुण

विराटनगर, २ फागुन । प्राचीनकालदेखि नै वीरेनुनलाई नुनको सट्टामा प्रयोग गरिँदै आएको छ । हामीले दैनिक खाने समुद्री नुनमा प्रदूषित पदार्थ हुने भएका कारण नुनलाई प्रशोधन गरिन्छ ।

प्रशोधन गर्दासमेत नुनमा विभिन्न विकार पदार्थहरू भएकै हुन्छन् ।

उच्च हिमाली भूभागबाट संकलन गरी पूर्ण रूपमा सफा गरेर प्राकृतिक वीरेनुन तयार पारिएको हुन्छ ।

विभिन्न अनुसन्धानका अनुसार विभिन्न थरिका रोग निको पार्न वीरेनुन संसारकै सबैभन्दा उत्तम नुन साबित भएको छ ।

वीरेनुनमा सल्फर, आइरनलगायतका शरीरलाई चाहिने आवश्यक खनिज तत्व प्रशस्त मात्रामा पाइन्छ ।

सोडियमको मात्रा कम हुने भएका कारणले वीरेनुन उच्च रक्तचापका बिरामीहरूलाई पनि लाभदायक हुने गर्छ ।

वीरेनुनले पेटमा भएका विषाक्त तत्वलाई बाहिर निकाल्ने काम गरी खाना पचाउने, पेटलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्ने गर्छ ।

वीरेनुनको नियमित सेवनले ग्यास्ट्रिक, कब्जियत, एसिडिटी लगायतका अन्य पेट र आन्द्रासम्बन्धी समस्याबाट छुट्कारा दिलाउँछ ।

अपचका कारण पेट दुख्दा, पेट पोल्दा वा झाडापखाला हुँदा पानी र वीरेनुनको मिश्रण बनाएर औषधिका रूपमा दिने गरिन्छ ।

वीरेनुनको नियमित सेवनले शरीरमा पानीको मात्राको पूर्ति गरी शरीरमा उर्जा र स्फूर्ति ल्याउन मद्दत गर्छ ।

यसले रगतमा चिनीको मात्रा पूरा गर्नुका साथै शरीरमा चिनीरोगको विकास हुन दिँदैन ।

वीरेनुनको सेवनले जोर्नी दुख्ने, बाथ, पित्त र कफ, आर्थराइटिस, प्यारालाइसिस जस्ता समस्यालाई नियन्त्रणमा राख्ने काम गरी कलेजो तथा किड्नीलाई पनि बलियो बनाएर राख्छ ।

वीरेनुनमा मोटोपना, कोलेस्ट्रोल, पिनास, घाँटी दुखेको, दम, श्वासप्रश्वाससम्बन्धी रोग, एनिमिया, रक्तश्राव, कपाल झर्ने, समस्याबाट बचाउने तत्व रहेको हुन्छ ।

वीरेनुनको सेवनले रक्तसञ्चारमा सुधार ल्याउँनुका साथै रगतलाई प्रदूशित हुनबाट जोगाउँछ ।

वीरेनुनले छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गरी दाद, खटिरा, डण्डीफोर, कुष्ठरोग, एक्जिमा वा छालासम्बन्धी अन्य रोगहरूबाट समेत बच्न सकिन्छ ।

Loading...